
१९ माघ,आज नेपाली कांग्रेसको कार्यसमिति बैठक बसेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले दुई महत्वपूर्ण विषयमा निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभएको छ।
कांग्रेसको केन्द्रीय समितिको बैठकले राष्ट्रियसभाको माघ २३ गते हुन गईरहेको निर्वाचनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी माघ २२ गते दर्ता गर्ने निर्णय गरेको र नेपाली कांग्रेसले माघ २६ गते ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो।
