Fast Nepal News

बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास, उपचारका लागि पोखरा ल्याइँदै

banner single news

१८ माघ,पोखरा –  बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले  डिएसपी  गंगाबहादुर थापाले बताए  ।  

‘उहाँले आफ्नै शरिरमा आगो लगाएपछि बाग्लुङ अस्पतालबाट थप उपचारका लागि पोखरा लगिँदै छ, शरिरमा आगो लगाउनुको अहिलेसम्म कारण खुल्न सकेको छैन्,ु थापाले भने । जिसीको धौलागिरी अस्पतालमा उपचारपछि पोखरा ल्याइँदै छ ।’  जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए । आत्मदाहको कारण नखुलेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.