
१८ माघ, काठमाडौँ-नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले किसानहरुलाई सरकारले केवल आश्वासनको भरमा टारिरहेको भन्दै आपत्ति जनाएका छन्।
आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले बर्डफ्लू न्यूनीकरणका लागि सरकारले किसानहरुको कुखुरा फर्म नष्ट गर्दा दिनुपर्ने निर्णय गरेको ५८ करोड नदिएको भन्दै आपत्ति जनाएका हुन् ।
