
१७ माघ, काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय भएसँगै माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले तत्काल रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी नदिने निर्णय गरेको छ।
लामिछानेको नागरिकता मुद्दाबारे सर्वोच्चबाट फैसलाको पूर्णपाठ नआइसकेको कारण तत्काल गृहमन्त्री पदमा नियुक्त नगर्ने माओवादी केन्द्रको बैठकले निर्णय गरेको माओवादी केन्द्रका नेताहरुले बताएका छन्।
सत्ता गठबन्धनको नेतृत्व गरिरहेको माओवादी केन्द्रले प्रचण्डले आफूसँग राखेको गृहमन्त्रालयको जिम्मेवारी तत्कालीन अवस्थामा कसैलाई पनि हस्तान्तरण नगर्ने विषयमा निर्णय भएको माओवादी केन्द्रका नेताहरुको भनाई छ।
