
१७ माघ, काठमाडौँ -सात दलीय सत्ता गठबन्धनमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वले गृह मन्त्रालयको जिम्मेवारी नपाए सरकारबाट आफू बाहिरिने चेतावनी दिएका छन्।
नागरिकता मुद्दामा सर्वोच्च अदालतले फैसला गरेपछि पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सांसद, मन्त्री र पार्टी सभापति पदबाट पदमुक्त भएका थिए। प्रक्रिया अनुरुप अहिले काठमाडौँ जिल्ला अदालतमा नागरिकता प्राप्त गरेपछि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटवार्ता गरेर उपप्रधान तथा गृहमन्त्रीमा पुर्न नियुक्तिका लागि आग्रह गर्नुभएको छ।
तर प्रधानमन्त्री पुष्पकमल दाहाल भने लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री पदको जिम्मेवारी दिन भने तयार रहेको छैन। पार्टीको आन्तरिक समस्याले सत्ता गठबन्धनमा कुनै समस्या नपर्ने भएको हुनाले गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिहरुको दाबी छ।
यदि राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालयको जिम्मेवारीबाट अलग गराइएको अवस्थामा सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।
Visited 7 times, 1 visit(s) today
