
१५ माघ, काठमाडौँ-माघ १३ गते सर्वोच्च अदालतले नागरिकता मुद्दामा रवि लामिछानेलाई संसद हुन अयोग्य ठानेपछि लामिछानेको सबै पद गुमेको थियो। त्यससँगै लामिछाने अदालतको फैसला अनुरुप राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदबाट समेत पदमुक्त भएका थिए।
शुक्रबार पार्टीको बसेको आकस्मिक बैठकले श्रममन्त्री डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति नियुक्त गरेको थियो। आज रवि लामिछाने नागरिकता लिन काठमाडौँ जिल्ला प्रशासन कार्यालय पुगेर लगतै राष्ट्रिय स्वतन्त्र पार्टीले आज नै लामिछानेलाई पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ।
सभापतिबाट पदमुक्त भएसँगै लामिछानेलाई आज नै पार्टी सभापति घोषणा गर्ने तयारी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालको भनाई छ।
