
धना परियार/ न्युज नेपाल एचडी संवाददाता
२६ पुष, काठमाडौ, पछिल्लो समय दिन प्रतिदिन सेयर बजारले फड्को मार्दैछ। सात महिना पछिको आजको सेयर बजारले २२ सय बिन्दु पार गरेको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४७.१५ अर्थात २.१८ प्रतिशतले वृद्धि भई दुई हजार दुई सय ११.७६ को बिन्दुमा पुगेको छ।
यस अघि १३ जेठमा पनि नेप्से सुचक दुई हजार दुई सय २३.७८ बिन्दुमा पुगेको थियो। अबको सेयर बजार बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रलाई गतिशील बनाउन बित्तीय , औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने बताएका छन्। अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजि क्षेत्र सङ्ग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।उक्त कार्यक्रममा प्रधानमन्त्रीले अर्थ मन्त्रालय र राष्ट्रिय बैंकलाई पनि समन्वयकारी भुमिका निभाउन निर्देशनसमेत दिएका छन्।
Visited 20 times, 1 visit(s) today
