
१ पुष, काठमाडौँ- काठमाडौँमा मेलम्ची खानेपानी वितरण भएको करिब ८ दिन भएको छ। काठमाडौँमा मेलम्चीको पानी वितरण भएको ८ दिन भएपनि काठमाडौँको सबै स्थानमा मेलम्चीको खानेपानी पुग्न सकेको छैन। खानेपानी आयोजनाले भने मंसिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले बताउनुभएको छ। सुरुङ सफा गरेर मंसिर २३ गते शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ।
कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको छ। त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ।हाल काठमाडौँ काठमाडौँमा १४ करोड लिटर मेलम्चीको पानी वितरण भइरहेको केयुकेएलको भनाई छ।
Visited 7 times, 1 visit(s) today
