
२४ मंसिर, काठमाडौँ- अलैंचीको मूल्य ह्वात्तै घटेको छ। प्रतिमन २६ हजार रूपैयाँका दरले कारोबार भएको अलैंची अहिले २४ हजार रूपैयाँमा कारोबार भइरहेको छ। अहिले २४ हजारमा अलैंचीको मूल्य ओरालो लागेको अलैंचीको मूल्य यो वर्ष अलैंचीको माग न्यून भएकाले पनि मूल्य बढ्न नसकेको अलैंची व्यवसायी नरेन्द्र तिवारीले बताउनुभएकाे छ।

अलैंचीको उत्पादनमा वृद्धि भएको तर माग न्यून भएकाले मूल्य ओरालो लागेको व्यबसायीहरुको तर्क छ। अलैंचीको मूल्य २००० रुपैयाँले ह्वात्तै घटेको देख्दा अहिले अलैंची किसानहरू र व्यापारीहरु समेत थप मर्कामा परेका छन्।
Visited 64 times, 1 visit(s) today
