Fast Nepal News

प्रधाननन्यायधीश चोलेन्द्र शम्सेर जबरा सर्वोच्च अदालत प्रवेश

banner single news

२१ मंसिर, काठमाडौँ संसद सचिवालयबाट आफूविरुद्धको महाभियोग प्रस्ताव निस्क्रिय भएको पत्र पाएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने भएका छन् ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई उनीविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र दिएका हुन् । सो पत्र पाएसँगै आफू आजै सर्वोच्च फर्कने तयारीमा रहेको प्रधानन्यायाधीश जबराले पत्रकार ऋषि धमलालाई जानकारी दिए । अनिवार्य अवकाश पाउनुअघि नै उनी आज अदालत फर्कन लागेका हुन् । उनले भने,‘मैले न्याय पाएँ । म खुशी छु । मैले गल्ती गरेको थिईनँ । यो न्याय प्रणालीको नै जित हो ।’

Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.