
१९ मंसिर, काठमाडौँ – बागमति किनार स्थित थापाथली क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका सुकुमबासीहरुले आज फेरि विरोध प्रदर्शन गरेका छन् । काठमाडौँ महानगरपालिले आवासको हक हनन गरी डोजर आंतक गरेको भन्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म विरोध र्याली निकालेका हुन् ।

संविधानको मौलिक हकको धारा ३७ मा रहेको आवासको अधिकार सुनिश्चित हुनुपर्ने र लालपुर्जा विहीनताको अवस्था अन्त्य भई वार्ता र संवादको ढोका खुला खोल्नुपर्ने सुकुम्बासीहरुको धारणा रहेको छ। भूमिहीन,सुकुमबासी तथा अव्यवस्थितहरुको सुरक्षित बसोबासको अधिकार सुनिश्चित हुनुपर्ने विनाविकल्प उठिबास बन्द गराउनुपर्ने मागसहित काठमाडौँ महानगरपालिकाको कार्यविरूद्ध थापाथली क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
Visited 12 times, 1 visit(s) today
