
१३ मंसिर, हिजो थापाथली क्षेत्रका सुकुम्बासी बस्ती भत्काउन जादै गर्दा त्यहाँका वासिन्दाले काठमाडौँ महानगरपालिकाको विरोध गर्दै ढुंगामुढा गरेका छन्। जसबाट काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजु पाण्डे घाईते भएका छन्। हिजो काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाह विरूद्ध खडा भएका थापाथलीका सुकुम्बासीहरु प्रदर्शनमा उत्रिएका छन् ।


सुकुम्बासी बस्तीका नागरिकहहरुले डोजर आतंक बन्द गर भन्दै काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रदर्शन गरेको छ। थापाथली सुकुम्बासी बस्ती भत्काउन गएका काठमाडौँ महानगरपालिका र थापाथली सुकुम्बासी बस्तीका व्यक्तिहरुबिच आजको विरोध प्रदर्शनले के परिणाम निम्त्याउँछ त्यो भने हेर्न बाँकी नै छ।
Visited 38 times, 1 visit(s) today
