
काठमाडौ। तेक्वान्दो क्विन संगीना वैद्य लाई नुवाकोट सेवा समाज ( युएई)ले सम्मान गरेको छ ।
बैदेशिक भ्रमणको सिलसिलामा युएईमा रहेकी कीर्तिमानी खेलाडी वैद्यलाई नुवाकोट सेवा समाज युएईले आज एक कार्यक्रमका बिच सम्मान पत्र सहित सम्मान गरेको हो।
कार्यक्रममा बोल्दै उक्त समाजका अध्यक्ष बासुदेब ढुंगानाले नुवाकोटकि चेली तथा राष्ट्रको लागि योगदान गर्दै देशलाई विश्व सामु चिनाउन सफल वैद्य लाई सम्मान गर्न पाउँदा खुशी ब्यक्त गर्नु भएको छ ।
वैद्यले राष्ट्रिय टिमका साथै बिभागीय टोली नेपाली सेनाको प्रशिक्षण सम्हाल्दै बिभिन्न सफलता हासिल गरेकी थिईन। नेपालले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता ९साग०मा तेक्वान्दो तर्फ उत्कृष्ट प्रदर्शन गर्दै १२ स्वर्ण पदक जित्नुमा उनको प्रशिक्षण समेतले ठुलो योगदान गरेको थियो।
दोलखाली समाज युएईका सचिव तिर्थ श्रेष्ठले कार्यक्रममा बोल्दै वैद्यले नेपालमा खेलकुद क्षेत्रको विकास र बिस्तारमा दिनुभएको अतुलनीय योगदान र नेपालको गौरव र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च पार्न अहम भुमिका निर्वाह गर्नु भएको बताए।
वैद्य नेपालको खेलकुद इतिहासमा नेपाललाई पहिलो एसियाली पदक दिलाउन सफल खेलाडी तथा ओलम्पिकमा छनोट चरण पार गरेर ओलम्पिक खेल्न सफल पहिलो नेपाली खेलाडि हुन।
उनले १९९२ देखि २००४ सम्म राष्ट्रिय प्रतियोगितामा एकछत्र राजगर्दै १० अन्तराष्ट्रिय स्वर्ण पदक जितेकी थिइन्।
नुवाकोटमा जन्मिएकी संगिनाले सन् १९९२ बाट तेक्वान्दो खेलजीवन सुरु गरेर २००९ मा भव्य कार्यक्रमबीच खेलजीवन बाट सन्न्यास लिएकी थिइन्।
