Fast Nepal News

सम्माननीय राष्ट्रपतिज्यूसँग आयोगका पदाधिकारीहरुको भेट

banner single news

 

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोग, नेपालका माननीय प्रमुख
निर्वाचन आयुक्त एवं पदाधिकारीहरुले आज भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल
निवासमा भएको सो भेटवार्तामा माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले
आगामी मब्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र
तयारीका बारेमा अवगत गराउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउन
आयोगले गरिरहेको तयारीका कार्यहरुबारे जानकारी गराउनुभयो ।

सो भेटका अवसरमा सम्माननीय राष्ट्रपतिबाट निर्वाचनको व्यवस्थापन र तयारीका लागि
आयोगले देखाएको क्रियाशीलताप्रति सन्तोष व्यक्त गर्दै भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र
र निष्पक्ष निर्वाचन गराउन आयोगले कुनै कसर बाँकी राख्ने छैन भनी विश्वास व्यक्त
गर्नुभयो । उहाँले निर्वाचनको निष्पक्षता कायम गर्ने विषय आयोगको मात्र नभई राजनीतिक
दल, उम्मेदवार एवं सम्बन्धित सबै सरोकारवाला र समुदायको पनि भएको हुँदा सबैको
सहयोग, समन्वय र अन्तरसम्बन्धबाट निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

Inside Article Ads

सो कार्यक्रममा आयोगका माननीय आयुक्तहरु रामप्रसाद भण्डारी र डा
जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र सहसचिव शालिग्राम शर्मा पौडेलसमेतको
सहभागिता रहेको थियो ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.