Fast Nepal News

निर्वाचन आयोगमाथि तोसिमाको गम्भीर प्रश्न?

banner single news

काठमाडौं । निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्‍यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो ।

कार्की २०७८ साल पुस २ गतेदेखि ४ वर्षका लागि काउन्सिलको निर्वाचित सदस्यका रूपमा बहाल रहेको पाइएको आयोगले जनाएको छ । कार्यकारी सदस्यको हैसियतमा कुनै मासिक तलब नहुने तर उपस्थित भएका बैठकका भत्ता र अनुगमन गर्दाको भ्रमण पत्ता उपलब्ध गराउने व्यवस्था बमोजिम २०७९ वैशाख ९ देखि भदौ २ सम्म भत्ता बुझेको पाइएको पनि आयोगले जनाएको छ । तर डा.तोसिमाले भने आफ्नो उम्मेदवारी खारेजीलाई गैरकानूनी भएको बताएकी छन् । निर्वाचन आयोगको यो निर्णय बदर हुनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी गरेकी हुन् ।

तोसिमाले आफू काउन्सिलको सदस्य भई काम गरेको, बैठकभत्ता बाहेक अरु सुविधा नलिएकाले लाभको पद हो कि होइन भन्ने निर्क्यौल गरिदिन निवेदनमा आग्रह गरेकी छन् । तर आयोगले भने कुनै जवाफ दिएको छैन्। उनले पाटन एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत रहेको र अहिले यो पदबाट राजिनामा दिइसकेको निवेदनमा उल्लेख गरेकि छन् ।

Inside Article Ads

तोसिमाले भने आफूले २८ भदौ २०७९ मै निवेदन दिएर आफ्नो पदबारे निर्क्यौल गरिदिन आग्रह गरेको, तर निर्वाचन आयोगले मौनता साँधेको आरोप लगाइन् । उनले आफू काउन्सिलको सदस्य भई काम गरेको, बैठकभत्ता बाहेक अरु सुविधा नलिएकाले लाभको पद हो कि होइन भन्ने निर्क्यौल गरिदिन निवेदनमा आग्रह गरेकी थिइन् । २३ कात्तिकमा उम्मेदवारी दिनुअघि आफूले पदबाट राजिनामा दिनुपर्ने वा नपर्ने सुझाव दिन आग्रह गरेकी थिइन् । तर आयोगले कुनै जवाफ दिएन ।

 

आयोगले समयमै निर्णय नदिएर अहिले उम्मेदवारी रद्द गर्नु गलत भएको डा.तोसिमाको टिप्पणी छ । निर्वाचन आयोगको यही निर्णयमाथि डा। तोसिमा र उनी पक्षधरले तीनवटा प्रश्न उठाएको छ । ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.