Fast Nepal News

सुनचाँदीको मूल्य स्थिर

banner single news

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।

महासंघले आजको कारोबार मूल्य तोक्दै सुनचाँदीको भाउ स्थिर रहेको जानकारी दिएको हो । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ कायम थियो ।

Inside Article Ads

यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ कायम थियो । आज सोमबार पनि यही मूल्यमा सुनचाँदीको कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । तिहार अघिदेखि सुनचाँदीको कारोबार बन्द भएको थियो । जुन, हिजो आइतबार तोलामा १ हजार रुपैयाँले घटेर कारोबारमा आएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । जसअनुसार, आज चाँदीको मूल्य तोलामा १२ सय रुपैयाँ तोकिएको छ ।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.