
०३ कार्तिक, काठमाडौँ -कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औंसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) गरी सूर्यग्रहण लाग्ने भएको छ। पञ्चांग निर्णायक विकास समितिले दिउँसो ४.५२ मा सूर्य ग्रहण लाग्ने जनाएको छ। ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ।

। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो। नेपालबाट खण्डग्रास सूर्य ग्रहण नदेखिने ग्रहणले बेलुकी साढे सात सूर्य ग्रहणको अन्त्य हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
