Fast Nepal News

आयात प्रतिबन्ध लाई २९ मंसिरसम्म लम्ब्याउन सिफारिस

सरकारले ढुकुटीमा विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो

banner single news

२८ असोज, काठमाडौं । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय दिएपछि वाणिज्यले प्रतिबन्धलाई ६२ दिन थप गर्न सिफारिस गरेको  छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको  हो।

 

अब विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यानको आयात २९ मंसिर बिहीबारसम्म निरन्तर हुनेछ ।

‘आयात प्रतिबन्ध लम्ब्याउने निर्णय भएको छ’, मन्त्रालय स्रोतले भन्यो,‘सरकारले यसबारे आजै निर्णय गर्ने र आजै रापत्रमा सूचना प्रकाशित हुनेछ ।’

Inside Article Ads

उक्त प्रतिबन्धलाई थप कडाइ गर्दै सरकारले ३१ असारमा प्रतिबन्ध लम्याएको थियो । तर, १४ भदौमा कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई यथावत राखेको थियो ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.