
नेपालीहरुको महान चाड दशैं सुरु भइसकेको छ। चाडपर्वलाई लक्षित गर्दै काठमान्डौ महानगरपालिका उपमेयर सुनिता डंगोल सहितको टोली बजार अनुगमनमा निस्केको छ।
खाद्य संस्थानमा बजार अनुगमनमा निस्केको काठमाडौँ महानगरपालिकाले खानै नमिल्ने बोराको चामलहरु भेटिएपछि गुणस्तरहीन सामान बिक्री बितरण नगर्न चेतावनी दिँदै यदि लापरबाही गरे कारबाही गर्ने समेत बताएको छ।
यसैगरी काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले दशैं, तिहारको शुभकामना व्यक्त गर्दै उपभोक्ताको हकहित सुनिश्चित गर्न बजार अनुगमनमा काठमाडौँ महानगरपालिकाको टोली सक्रिय भएर अघि बढेको बताउनुभएको छ। गुणस्तरहीन खाद्य बेच्ने व्यक्तिलाई कडा भन्दा कडा कारबाही गर्ने जानकारी गराउँदै गुणस्तरहीन सामान बेच्न कसैले छुट नपाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ।
यसैगरी काठमाडौँ महानगरपालिकाले खाद्य संस्थानमा अनुगमन गरी गुणस्तरहीन सामान नबेच्न आग्रह गरेपनि खाद्य संस्थाले अहिलेसम्म गुणस्तरीय र म्याद भएको सामान खरिद बिक्री गर्दै आएको बताएको छ।
