Fast Nepal News

स्कटल्याण्डमा नेपाली चलचित्र कैदीको पत्रको फस्ट रिलिज

banner single news

 

काठमाडौं । नेपाली चलचित्र कैदीको पत्र बेलायतवाटै फस्ट रिलिज भएको छ। बेलायतको स्कटल्याण्डमा बढी छायाँकन भएको चलचित्र कैदीको पत्र बेलायतको स्कटल्याण्डवाटै फस्ट रिलिज भएको हो। स्कटल्याण्डको एडिनवर्गमा फस्ट रिलिज भएको कैदीको पत्रले पहिलो दिनमा रेकर्ड नै ब्रेक गरेको छ। एडिनवर्गको हलमा हाउस फूल नै भएको थियो। एडिनवर्गका दर्शकहरुले स्कटल्याण्डको सुन्दरता अनि सोही स्थानको कथावस्तुमा नेपालीहरुको यथार्थ ता चलचित्र कैदीको पत्र मार्फत हेर्न पाउंदा रमाइलो मानिरहेका थिए। नेपाल वाहिर परदेशवाट निर्मित नेपाली कथानक चलचित्र कैदीको पत्रले बेग्लै पहिचान तथा फरक स्वाद दिएकोमा चलचित्र हेर्ने दर्शकहरुले चलचित्र त कैदीको पत्र जस्तो पो भनेर खुशीले कमेन्ट गरिरहेको पाइएको थियो ।

Inside Article Ads

ख्यातिप्राप्त कथाकार स्वर्गिय ईश्वर मानन्धरको अमर कृति कैदीको–पत्रमा आधारित नेपाली चलचित्र कैदीको पत्रको निर्देशन बेलायतमा नै रहेको ख्यातिप्राप्त निर्देशक सनम कुमार बैरागको रहेको छ। निर्देशक बैरागको अथक मेहनत तथा परिश्रमले चलचित्र कैदीको पत्रले सार्थकता प्राप्त गरेको फस्ट रेड कार्पेट शो स्कटल्याण्डमा भएयता प्रमाणित भएको छ। स्कटल्याण्डको क्रीफ, आबरफेल्दी, केनमोर, ओवन, किलिड्ग, ग्लास्कोमा छायाँकन भएको चलचित्र कैदीको–पत्रको केही प्रतिशत छायाँकन लण्डनमा पनि भएको हो। निर्देशक बैरागका अनुसार, चलचित्र कैदीको–पत्र नेपालबाट अध्ययनको क्रममा बेलायत आएका एक युवकको कथा हो। जसको स्कटिस् युवतीसंगको प्रेम हुन्छ। त्यस युवकले खुशीलाई सम्हाल्न सक्दैन र त्यसबाट निम्त्याएका दुःखले युबकलाई कुन हदसम्म पुर्याउछ भन्ने कथावस्तु चलचित्र कैदीको–पत्रले बोकेको छ। स्कटल्याण्डमा भएको रेडकार्पेट शोमा चलचित्र कैदीको पत्रका प्राय सवै कलाकारहरुको सहभागिता रहेको थियो। कैदीको पत्रमा म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ।

 

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.