
डायमण्ड जाेशी
२०, भाद्र। सुर्खेत
नेपाली काँग्रेसका नेता शिवराज जोशी सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधि सभा समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका छन्।
सुर्खेतले क्षेत्र नं २ बाट जोशीको नाम सिफारिस गरेको हो।
जोशी २०४८ को आमनिर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भै भौतिक निर्माण तथा यातायात सहायकमन्त्री थिए। उनी मध्यावधि निर्वाचन २०५१ मा पनि निर्वाचित भै जनसंख्या तथा वातावरण राज्य मन्त्री र २०५६ को आमनिर्वाचनमा निर्वाचित भै सुचना तथा सञ्चार प्रविधि मन्त्री भएका हुन्। गिरिजाप्रसाद कोईराला नेतृत्वको सरकार छँदा नेपाली काँग्रेसका तर्फबाट जोशी संसदिय दलका मुख्य सचेतक समेत भैसकेका छन्। २०६४ को संविधानसभाको निर्वाचनमा भने प्रथम पटक माओवादी उदाउनुले उनलाई हार व्यहोर्नुपरेको थियो। २०७० सालको संविधान सभा निर्वाचनमा उनलाई पार्टिले प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस गरेको तर जोशीले तप्त बहादुर विष्टलाई उम्मेदवार बनाएका थिए र विष्ट निर्वाचित भएका थिए। प्रत्यक्ष तर्फ उम्मेदवारी नदिएपछि जोशीलाई समानुपातिकमा सर्वसम्मत लिए पनि उनले आफू नभै आफ्नै मित्रलाई मनोनित गरेका थिए। २०७४ मा पहिलो पटक प्रतिनिधिसभा निर्वाचन घोषणा पछि जोशीलाई समानुपातिकमा नै उम्मेदवार सिफारिस गरेता पनि केन्द्रिय समितिले उनलाई बन्द सुचिमा पेश गरिदिएको थिएन। १४ औँ महाधिवशेनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका जोशी पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन्।
सुर्खेत क्षेत्र नं १ बाट काँग्रेसले उपसभापति पुर्णबहादुर खड्काको नाम सिफारिस गरेको छ। दुवै क्षेत्रका उम्मेदवारको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको भएता पनि जोशीले प्रत्यक्ष तर्फबाट अरुलाई पालो दिन सुझाव दिएको जोशी निकट एक नेताले न्युज नेपाल एच.डि लाई जानकारी दिए।