Fast Nepal News

काठमाडौं ४ बाटै चुनाव लड्छु, कतै आवेदन दिएको छैन : गगन थापा

banner single news

काठमाडौं – १६ भदौ २०७९

काठमाडौं, सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन सिफारिस गरिएको छ । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ कांग्रेसको बैठकमा कास्की कांग्रेसका सचिव भानु ढकालले कास्की १ बाट कांग्रेस उम्मेदवारको रुपमा महामन्त्री थापालाई उठाउन प्रस्ताव गरेका हुन् । २०७० र २०७४ सालमा काठमाडौं–४ बाट निर्वाचित भएका थापालाई कास्की–१ बाट उम्मेदवार बनाउन सिफारिस भएको हो । आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।

Inside Article Ads

यसैबीच कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं–४ बाटै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि दिएको मनोनयन फारम सामाजिक सञ्जालमार्फत् बाहिरिएपछि उनले यस्तो प्रष्टीकरण दिएका हुन् । ‘म काठमाडौँ–४ मै लड्छु । यता कसैले आवेदन मागेको छैन । मैले दिएको पनि छैन । तर, मेरो नाम सिफारिस भइहाल्छ,’ उनले भने, ‘कास्की १ बाट मनोनयन फारम दर्ता गरिएको बारेमा केही जानकारी छैन ।’

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.