Fast Nepal News

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अयाृलबाट नेपालको नयाँ नक्सा हस्ताण्तरण

banner single news

 

काठमाडौं । अभियन्ता ईश्वर अर्यालले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको नयाँ नक्सा हस्ताण्तरण गर्नुभएको छ । नेपाल चिनाउने अभियानका साथ नेपालको आधिकारीक नक्सा वितरण गर्दै आउनु भएका अर्याल ४२ औ दिन बालकोट स्थित ओली निवास पुगी उहाँलाई नक्सा प्रदान गर्नुभएको हो । नापी विभागका पुर्व कर्मचारी ९सर्वेक्षक० अर्यालले ओलीसँगको छलफलमा भुगोल बिषयको महत्व दर्शाउदै कम्तिमा ८र९र१० कक्षामा भुगोल बिषयलाई अनिवार्य बिषय बनाउन पर्ने राय पेश गर्नुहुँदै पहलका लागी अनुरोध समेत गर्नुभयो।

Inside Article Ads

राष्ट्र र राष्ट्रियता जगाउने मुल उध्येश्यका साथ अर्यालले गरेको कामको पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रसंशा गर्नुभएको थियो । पुर्व प्रधानमन्त्री ओलीले सिमा क्षेत्रमा नेपालीहरुले भोगेको दुस्ख, कठिनाई, पिडाको आफुलाई जानकारी भएको बताउनु भयो ।
देशभक्ती र राष्ट्रको माया जगाउन सके मात्र देश बिकास संभव हुने भन्दै अर्यालको सो अभियानको पुर्व प्रधानमन्त्री ओलीले सफलताको कामना गर्नुभएको थियो ।
देशभक्तीको सन्देशका साथ आफुले सो अभियान थालेको भन्दै अर्यालले बिधालय तहमा देशको भूगोलको शिक्षा बारे अनिवार्य राख्नुपर्ने बताउनु भयो । नापी बिभागका पुर्व सर्बेक्षक अर्यालले यस अगाडी काठमाडौंको विभिन्न स्कुल तथा कलेजहरुका विद्यार्थीहरुलाई नेपालको नक्सा बितरण गर्दै आउनु भएको छ ।
हरेक दिन उहाँले स्कुल, कलेज लगायतका विभिन्न क्षेत्रमा नक्सा बितरण गर्दै आउनु भएको छ ।आफूले १० हजार भन्दा बढीलाई नक्सा बितरण गरिसकेको उहाँले जानकारी दिनु भयो । अर्याल हाल त्रि। बि। भुगोल केन्द्रिय विभागमा विद्यावारिधी अध्ययनरत हुनुहुन्छ।

Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.