
११ भदौ, काठमाडौं । शनिबार शीतलनिवासमा भएको भेटमा लोसपाका नेताहरुले नागरिकता विधेयकबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।
उनीहरुले भनेका थिए, प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयकमा भएका विषयवस्तु, अध्यादेशका रुपमा राष्ट्रपतिले पनि जारी गरिसकेको भन्दै उनीहरुले धेरै चिन्ता गर्नु नपर्ने बताएका थिए ।‘कुनै पनि बोनाफाइड (वास्तविक) नेपाली नागरिकलाई राज्यविहीनताको अवस्थामा राखिनुहुन्न ।’राष्ट्रपतिलाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायतका नेताहरु शीतलनिवास पुगेका थिए ।
छलफलमा सहभागी लोसपाका नेता जितेन्द्र सोनल भन्छन् , राष्ट्रपति भण्डारीले नागरिकता कुनै ठाउँ/क्षेत्र विशेषको नभई राष्ट्रिय समस्या भएको र यसको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएकी छन् । ‘उहाँले सकारात्मक कुरा नै गर्नुभएको छ’,
