
झापा ─ ०७ भदौ २०७९
झापा, दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृत रुपमा अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application प्रयोगलाइ सघाउने र पैसाको कारोबार गर्ने , जाली सर्टिफिकेट तथा सरकारी दस्तावेज बनाउने ४ जनालाइ प्रहरिले पक्राउ गरेको छ। नेपाल सरकारले प्रतिबन्ध गरेको 1x बेट एप्लिकेसन खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकता बाट Ncell सिम झिकि सोही सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवाश्यक पर्ने E-sewa खाता खोली लाखौंको कारोबार गर्ने गरिएको सुचना प्रहरिले प्राप्त गरेको थियो।
कन्सल्टेन्सीमा आउने बिध्यार्थीहरुको प्रयोगको लागि बिभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र SEE को प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरिएको भन्ने गोप्य सुचनाको आधारमा १ नं.प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT शाखा, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रयासबाट सो गतिविधिमा संलग्न ब्याक्तिहरुलाइ पक्राउ गरिएको हो। दमक नगरपालिका ८ बस्ने पद्मा इन्टर्नेशनल कन्सल्टेन्सिका संचालक २५ बर्षिय सत प्रकाश साह, दमक नगरलालिका ७ बस्मे २७ बर्षिय सोही कन्सल्टेन्सी संचालक राजु श्रेष्ठ, कमल गाउपालिका-२ बस्ने योर्स कम्युनिकेसन एण्ड फोटो स्टुडियो संचालक ३० बर्षिय अरुण कार्कि र ३३ बर्षिय दमक नगर पालिका बस्ने ब्रीटिस आर्मी ट्रेनिङ्ग सेन्टर दमकका संचालल राजु लिम्बुलाइ भदौ ३ गते पक्राउ गरिएको हो।
मुलुकि अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य , सुरक्षा, सुविधा र नैतिकता बिरुद्द्को कसुर र परिच्छेद २५ को लिखत सम्बन्धि कसुर अन्तर्गत जिप्रका झापा र जिल्ला अदालत झापाबाट म्याद बढाइ थप अनुसन्धान जारी राखिएको प्रहरिले जनाएको छ। पक्राउ परेका सत प्रकाशले अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application मार्फत पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकता बाट Ncell सिम झिक्ने सोही सिमबाट सट्टावाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवाश्यक पर्ने E-sewa खाता खोली लाखौंको कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धान बाट पुष्टि गरिएको छ। शाहको खातामा बिभिन्न E-sewa खाताबाट रु.८०,००,०००।–(असि लाख) भन्दा बढीको कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरिले बताएको छ ।
त्यसै गरि राजु श्रेष्ठले अनलाइन गेमिङ्ग गराउनको साथै कन्सल्टेन्सीमा आउने बिध्यार्थीहरुको प्रयोगको लागि बिभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र तयार गर्ने गरेको खुल्न आएको छ उनको खाताबाट पनि विभिन्न इसेवा माध्यमबाट लाखौको कारोवार भएको पाइएको प्रहरी श्रोतले बतायो।अरु दुई पक्राउ परेका अरुण र राजुले पनि अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application मार्फत पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट Ncell सिम झिक्ने सोही सिमबाट सट्टावाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न E-sewa खाता खोली लाखौंको कारोबार गर्ने । कन्सल्टेन्सीमा आउने बिध्यार्थीहरुको प्रयोगको लागि बिभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र तयार गर्ने कार्य गर्ने गरेको बताइएको छ।
निज ४ पक्राउ परिएका ब्याक्तिहरुको अफिसबाट ,३२४ थान NCELL का सिमहरु,बिभिन्न कम्पनीका ९ थान मोबाईल, विभिन्न कम्पनीका ४ ल्यापटपहरु सेतो रंगको Iphone 11 सहित १९ थान मोबाइल फोन, Zillion लेखिएको सि.पि.यु.(CPU) , Prajapati Sapkota Ward Chairman Damak-2 लेखिएको स्ट्याम्प Head Teacher लेखिएको स्ट्याम्प थान, Dik Bahadur Gurung लेखिएको स्ट्यम्प, Madi Municipality 3 No. Ward Office, Sankhuwasabha लेखिएको स्ट्याम्प, Government Of Nepal Ministry Of Education समेत लेखिएको स्ट्याम्प, नेपालको निशान छाप भएको स्ट्याम्प, नेपाल सरकार राष्ट्रिय परिक्षा बोर्ड लेखिएको स्ट्याम्प ,Global Educational Academy लेखिएको स्ट्याम्प र Nepalese Army Record Office, 2043 लेखिएको स्ट्याम्प आदि बरामद भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।
