Fast Nepal News

सिट बाँडफाँट टुंग्याउन गठबन्धनको शीर्ष नेताको बैठक आज पनि बस्ने

banner single news

काठमाडौँ ─ ०७ भदौ २०७९

काठमाडौँ, प्रदेश र प्रतिनिधिसभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक सोमबार पनि विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्ष ननिस्केको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले बैठकपछि जानकारी दिए । उनले मंगलबार दिउँसो ३ बजे अर्को बैठक बस्ने पनि बताए । ‘गठबन्धन बैठक निष्कर्ष नजिक पुगेको छ । बैठक मंगलबार ३ बजे बस्नेछ’, कार्कीको भनाइ छ । बैठकमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा केन्द्रीत रहेर छलफल भएको मन्त्री कार्कीले बताए ।

Inside Article Ads

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । जसकारण सोमबार गठबन्धनका शीर्षनेताहरुको बैठक बसेको थियो । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ । तर, कुन दललाई कति सिट दिने भन्ने विषयमा भने दलहरुबीच सहमति जुट्न सकेको छैन ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.