Fast Nepal News

नेता गिरीको निधनप्रति संसदमा शोक प्रस्ताव पारित

banner single news

काठमाडौं  ─ ०६ भदौ २०७९

काठमाडौं, प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकबाट प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित भएको हो । गिरीको भदौ ४ गते शनिबार राति ९:३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

Inside Article Ads

गिरी २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट निर्वाचित हुनुभएको थियो । यसैगरी वि.सं. २०६४ र वि.सं. २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.