Fast Nepal News

शोक प्रस्ताव संसदको कार्यसूचीमा

banner single news

काठमाडौं ─ ०६ भदौ २०७९

काठमाडौं, सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज बस्दैछ । सोमबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।
प्रतिनिधि सभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १२:५९ बजे बोलाइएको छ ।

Inside Article Ads

गिरीको भदौ ४ गते शनिबार राति ९:३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।गिरी २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट निर्वाचित हुनुभएको थियो । यसैगरी वि.सं. २०६४ र वि.सं. २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.