Fast Nepal News

समय सीमा भित्रै बन्यो पुल

banner single news

ओखलढुङ्गा ─ ०६ भदौ २०७९

ओखलढुङ्गा, ओखलढुंगा र रामेछापको सीमावर्ती लिखु नदीमा तोकिएको समयसीमाभित्रै पक्की पुलको निर्माण भएको छ । ओखलढुंगाको लिखु गाउँपालिका ६ को माटेबेँसी र रामेछापको सिसन्दु जोड्ने पक्की पुल निर्माणको काम सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयमार्फत २०७७ साउनमा ठेक्का लागेको पुल तोकिएको समयसीमाभित्रै ठेकेदार कम्पनी पुष्पाञ्जली सिंहदेवी जेभीले सम्पन्न गरेको पूर्वाधार कार्यालयले जनाएको छ ।

Inside Article Ads

७ करोड ११ लाख लागतमा निर्माण भएको पुल २ वर्षभित्रै निर्माण गरिएको सिंहदेवी निर्माण  सेवा प्रालिका प्रबन्ध निर्देशक राजनकुमार सुवेदीले बताउनुभयो । रामेछापको मन्थली, सालु, रातमाटा हुँदै ओखलढुंगाको गाम्नाङटार जोड्ने पुल समयमै निर्माण भएपछि लिखु गाउँपालिकाको वडा नं ४, ५, ६, ७, ८ लगायतका वडाका बासिन्दा लाभान्वित भएका छन् ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.