Fast Nepal News

श्रममन्त्री कुँवरले सुने एक घण्टा श्रमिकका गुनासा

banner single news

काठमाडौं ─ ०६ भदौ २०७९

काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको सुरुवात गरेका छन् । आइतबार पहिलो दिन उनले कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत प्रत्यक्ष श्रमिकहरूका गुनासा र जिज्ञासाहरू सुन्दै कार्यक्रमको सुरुवात गरेका हुन् । आइतबारदेखि प्रत्येक आइतबार मन्त्री कुँवरले फोनमार्फत प्रत्यक्ष श्रमिकहरूको गुनासा सुन्ने र तिनका सामधानका लागि पहल गर्नेछन् । पहिलो दिन मन्त्री कुँवरसँग फोनमार्फत प्रत्यक्षरुपमा स्वदेश तथा विदेशमा रहेका १० श्रमिकहरुले आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरु राखेका छन् ।

जसलाई मन्त्री कुँवरले संवोधन गरेका छन् । आइतबारको कार्यक्रममा विशेष गरी मलेशियामा जाने कामदारबाट पैसा उठाउने गरेको, विदेशमा काम नपाएर ठगिने गरेका र नयाँ गन्तव्य मुलुकमा रोजगारीका लागि जाने प्रक्रियाका बारेमा श्रमिकले मन्त्रीसँग प्रश्न र जिज्ञासा राखेका थिए । उनीहरुको जिज्ञासाको जवाफ दिदै मन्त्री कुँवरले मन्त्रालय श्रमिकको पक्षमा भएको जानकारी गराउदै ऐन कानुन बलियो बनाएर भए पनि श्रमिकलाई वैदेशिक रोजगारीमा जाँदा कठिन अवस्थाबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा विशेष रुपमा लागिरहेको बताएका छन् ।

Inside Article Ads

मन्त्रालयमा कल सेन्टर स्थापना गरिएको ६ वर्ष पुगेको छ । अहिले कल सेन्टरमा दैनिक २०० बढि गुनासाहरु आउने गरेको मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्याण्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरूमा कुरा गर्न सकिनेसमेत मन्त्रालयले जनाएको छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.