Fast Nepal News

लोकतान्त्रिक समाजवादको अनुयायी प्रदीप गिरीको स्मरण

अलविदा प्रदिप गिरी

banner single news


काठमाडौ भदाै ५
प्रकाश कपाली।

समाज गतिशील र परिवर्तनशील छ। समाजमा जब अन्याय, अत्याचार, विसंगति र कुरितिको आगोहरु दन्किन थाल्छ तब समाजमा एक क्रान्तिकारी विचारको समाजमा जन्म हुन्छ। धेरै समाजको क्रान्तिकारी विचार र समाजवादी चिन्तक मध्ये प्रदीप गिरी पनि एक प्रमुख व्यक्ति हुनुहुन्छ।

आदर्श नेता कार्ल मार्क्स, महात्मा गान्धी, समाजवादी चिन्तक राममोहर लोहिया,बि.पी कोईरालाको विचारबाट प्रभावित हुनुभएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीले २०१७ सालदेखि राजनीति यात्राको थालनी गर्नुभयो। उहाँले ज्वारलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो।

अध्धयनको सिलसिलामा वि.सं २०२४ सालमा नेपाल छात्र संघ (बनारस)को उपाध्यक्ष पदमा निर्वाचित हुनुभयो। यसैगरी वि.सं २०५१ सालमा सिरहा क्षेत्रबाट निर्वाचित हुनुभएको उहाँले वि.सं २०५६ सालमा संसदीय निर्वाचनमा समेत भाग लिनुभयो।

राजनीति जीवनको यात्रामा २०२५ सालमा १८ महिना जेल जीवन बिताउनुभयो। यसैगरी २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हालसम्म ४ वर्ष जेल जीवन बिताउनुभयो।

Inside Article Ads

राजनीति जीवनको दौडमा उहाँले लेनिन(जीवनी),नारी माक्सवाद र अर्थशास्त्र लगायत एक दर्जन पुस्तक प्रकाशित गर्न समेत पनि उहाँ सफल हुनुभयो।

आज देशका बुद्धिजीवी र नागरिकहरुबिच प्रदीप गिरी नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक,प्रखर वक्ता, वैचारिक व्यक्तित्वको रुपमा उहाँ राजनीति जगतको एक चम्किलो तारा हुनुहुन्छ।

अस्वस्थताका कारण उपचारको क्रममा उहाँको निधन भएपनि उहाँले समाजमा छर्नुभएको ज्ञानमय प्रकाशले समाजलाई उज्यालो पथमा दोर्याउन मार्गनिर्देशन गर्नेछ। उहाँको समाजवादी चिन्तन सबैको लागि स्मरणीय हुनेछ। पार्थिव शरीर खरानी भएपनि उहाँको विचारको प्रधानताले समतामूलक समाजको निर्माणलाई आह्वान गर्नेछ।नेपाली कांग्रेसका नेता प्रदीप गिरीको भनाई
“जसरि जीवन स्वीकार्य छ त्यसरी नै मृत्यु पनि हाँसी हाँसी स्वीकार्य छ”।
मेरो उपचारको लागि राज्यले एक पैसा खर्च नगरोस् म भन्दा अत्यन्तै दयनीय अवस्थामा रहेका नेपालीको उपचार होस।
कोहि मेरा इष्टमित्रले मेहनतले इमान्दार पूर्वक कमाएको छ र दिन मन भयो भने विवेकले उपचारमा खर्च होस अन्यथा गलत ढंग बाट दिएको सहयोगले म कुनै पनि हालतमा बाँच्न चाहन्न”।

Visited 52 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.