Fast Nepal News

गैरआवासिय नेपालीहरुलाई नेपालसँग जोड्न दोहोरो नागरिकता दिइनु पर्दछ : सुनिल साह

banner single news

काठमाडौं ─ ०२ साउन २०७९

काठमाडौं, गैरआवासिय नेपाली सँघ अमेरिका अन्तराष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष सुनिल साहले गैरआवासिय नेपालीहरुलाई नेपालसँग जोड्नको लागि दोहोरो नागरिकता दिईनु पर्ने कुरामा जोड दिनु भएको छ । रिपोटर्स क्लब नेपाल अमेरिका शाखाद्धारा आज टेक्सासको युलेशमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै कोषाध्यक्ष साहले एक पटकको नेपाली सधैंको नेपाली भएकाले गैरआवासिय नेपालीहरुलाई दोहोरो नागरिकता उपलब्ध गराएमा नेपालको बिकासमा गैरआवासिय नेपालीहरुले योगदान गर्न सक्ने बताउनु भयो ।

पत्रकारहरुको एक प्रश्नमा कोषाध्यक्ष साहले नेपालको सँबिधानको भएको व्यवस्था बमोजिम नागरिकता बिधेयकमा गैरआवासिय नेपालीहरुलाई राजनैतिक अधिकार वाहेक सबै अधिकार दिईएकोमा स्वागत गर्दै राजनैतिक अधिकारको सँघर्ष सफल हुने बिश्वास व्यक्त गर्नु भयो । सम्माननिय राष्ट्रपतिबाट बिधेयकमा केही जिज्ञासा राख्नु स्वभाविक भएको बताउदै साहले प्रतिनिधी सभा तथा राष्ट्रिय सभाबाट पारित भईसकेको नागरिकता बिधेयक राष्ट्रपतिबाट प्रमाणिकरण हुनेमा दुईमत नरहेको बताउनु भयो ।

Inside Article Ads

बिभिन्न कारणले नागरिकता पाउनबाट बन्चित मधेशी समुदायका छोराछोरीहरुलाई बँशजको नाताबाट प्रमाणित गर्ने चुनौती रहेको बताउदै साहले मधेशमा नागरिकता समस्या सामाधान गर्न बिधेयकले सहयोग गर्ने बिचार ब्यक्त गर्नु भयो ।
बिभिन्न कारणबाट गैर आवासिय भएका नेपालीहरु नेपालमा लगानी भित्र्याउन चाहेकाले उनिहरुको लगानी गर्ने बातावरण वनाउन सरकारले स्पष्ट कानून बनाउनु पर्दछ । रिपोटर्स क्लब नेपाल अमेरिका शाखाका अध्यक्ष किशन रेग्मीको अध्यक्षतामा सम्पन्न भएको साक्षात्कार कार्यक्रममा महासचिब ओम आचार्यले सन्चालन गर्नु भएको थियो ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.