Fast Nepal News

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा

banner single news

काठमाडौं ─ ०२ साउन २०७९

काठमाडौं, सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । नेपालमा पहिलो पटक ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरूका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी रु. १ लाखसम्मको औषधी उपचार बीमासहितको सानिमा फेमिली सुपर सेभिङ्ग खाता ल्याएको हो ।

वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखको ६ घातक रोगहरुको बीमा, रु. २५ हजारको अवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण प्याकेज जस्ता थप सुविधाको व्यवस्था गरेको बैंकले जनाएको छ ।

Inside Article Ads

साथै भिसा नेटवर्कका एटीएमबाट नेपालमा निःशुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा सेवामा ५० प्रतिशत छुट, निःशुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, निःशुल्क अमेरिकी डलर कार्ड (फस्र्ट टपअप), निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा आदिमा विशेष छुट प्रदान गरेको छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.