Fast Nepal News

आईएमई लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिकोत्सव सम्पन्न

banner single news

काठमाडौं ─ ०२ साउन २०७९

काठमाडौं, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौ वर्ष पुरा गरेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमाको क्षेत्रमा बीमितको पहुँच पुर्याउने कार्यमा उल्लेखनीय प्रगति भइरहेको उल्लेख गरेका थिए । पछिल्लो १० दिनमा कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्व वहन गरी वृहत रुपमा अपत्यारीलो नतिजा प्राप्त गर्न सफल समेत उनले जानकारी दिए । एकै दिनमा ५७१ जनाबाट वृहत रक्तदान, ७४८ जनालाई बीमा अभिकर्ता तालिम र सातवटै प्रदेशमा १३०२ जनालाई लाभान्वित हुने गरी स्वास्थ्य शिविर र ५८४८ विद्यार्थीमा बीमा साक्षरता जागरण कार्यक्रम सफलतापूर्वक आयोजना गरेको कम्पनीले जनाएको छ ।

Inside Article Ads

सोहि कार्यक्रममा काठमाडौं, लैनचौर स्थित कार्यालयमा बोल्दै कम्पनीका अध्यक्ष डा.रामहरि अर्यालले बीमा व्यवसायलाई व्यवस्थित गर्दै विस्तार गरी राष्ट्रको नीति एक घर, एक बीमा कार्यक्रमलाई आत्मसात गर्नु पर्ने आवश्यकतामा जोड दिए । पाँचबर्ष अघि स्थापना भएको कम्पनीले हाल देशैभरी १४० भन्दा बढि शाखाहरुबाट सेवाप्रदान गरिरहेको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.