Fast Nepal News

पोखरामा बृहत् शैक्षीक मेला आयोजना गर्दै एसआई यूके नेपाल

banner single news

पोखरा ─ ३१ साउन २०७९

पोखरा, एसआई युके नेपालले पोखरामा बुहत्त शैक्षीक मेला आयोजना गर्ने भएको छ । एसआई यूके नेपालले आगामी ३ सेक्टेम्बर शनिबारका दिन पोखराको न्यूरोडमा बृहत्त शैक्षीक मेला आयोजना गर्न लागेको हो । अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श र त्यस देशका विषयमा जानकारी गराउने उद्देश्यसहित एजुकेशन फेयर हुन लागेको आयोजकले जनाएको छ । एसआई युके नेपालले नेपालका प्रमुख शहरहरु बिर्तामोड, विराटनगर, चितवन, बुटवल र कावासोतीलगायतमा भब्य रुपमा आफ्नो सेवा शुरु गर्दै शैक्षिक मेला आयोजना गरिसकेको छ । गत जुन ११ मा एभरेष्ट होटल काठमाडौंमा आयोजना गरिएको वृहत्त शैक्षीक मेलापछि नेपालका सबै शहरहरूमा शैक्षीक मेला जारी राखिएको हो ।

एसआई यूके नेपालका डाईरेक्टर विनय अधिकारीले राजधानी काठमाडौं सँगै देशभरका प्रमुख शहरको भ्रमण गर्दा बेलायतमा अध्ययनको लागि जाने विद्यार्थीहरु सही जानकारीको कमीले अन्यौलमा रहेको बताउँदै आफूहरुले शैक्षीक मेला आयोजना गरेर बेलायत अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहज तुल्याइदिएको बताउनु भयो ।  डाइरेक्टर अधिकारीले मेलामा विद्यार्थीहरुको अत्यन्तै आर्कषण रहेको र हजारौ विद्यार्थीहरु लाभान्वित भइरहेको बताउनु भयो । शैक्षिक मेला मार्फत विद्यार्थी तथा अभिभावकले १५ भन्दा बढी युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, सङ्काय, कोर्स फी छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने छन् । अधिकारीका अनुसार डकुमेन्टस पुरा गरेका विद्यार्थीहरूको अन द स्पट भर्ना गरिनेछ । एजुकेशन फेयरमा सहभागी हुन आउने विद्यार्थीहरूले उक्त दिनबाट विदेश अध्ययनको प्रक्रिया सुरु गर्नेलाई निःशुल्क आईइएलटिएस, निःशुल्क भिसा प्रोसेसिङ र गिफ्ट ह्याम्पर समेत प्रदान गरिने डाईरेक्टर अधिकारीले जानकारी गराउनु भयो ।

Inside Article Ads

गैर आवासीय नेपाली संघका उपमहासचिव तथा ग्लोबल गोरखा समाजका अध्यक्ष समेत रहनु भएको अधिकारी डेढ दशकदेखि बेलायतमा बस्दै आउनु भएको छ । अधिकारीले शैक्षिक मेलामार्फत विद्यार्थी र अभिभावकहरूलाई बेलायती शैक्षिक प्रणाली, गुणस्तर, कामको अवसर, कानुन, संस्कृति र नेपाली समुदायको विकासका बारेमा समेत जानकारी गराइने बताउनुभयो । एसआई युकेको शाखा कार्यालयमार्फत विश्वका ४० वटा देशमा सञ्चालन छ । ४० मुलुकमा रहेर ७९ स्थानमा ग्लोबल कार्यालयहरूले सेवा दिँदै आएको छ । एसआई यूके १ सय ५८ विश्वविद्यालयसँग आबद्ध भएर विगत १६ वर्षदेखि शैक्षिक सेवा गरिरहेको संस्था हो ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.