Fast Nepal News

विश्वविख्यात वरिष्ठ मुटु शल्यचिकित्सक प्रा. डा. श्रेष्ठ एओर्टा सर्जरी कार्यक्रम निर्देशक नियुक्त

banner single news

काठमाडौं । विश्वचर्चित मुटुका वरिष्ठ शल्य चिकित्सक प्रा. डा. मलाख लाल श्रेष्ठ  एओर्टा सर्जरी कार्यक्रम निर्देशक नियुक्त हुनुभएको छ ।  उहाँ   मायो क्लिनिक कार्डियाक सर्जरी अन्तर्गत मुटु शल्यकृया विभागबाट अमेरिका स्थित मियासोटो राज्यको रोचेष्टर स्थित एओर्टा सर्जरी कार्यक्रम निर्देशक नियुक्त हुनु भएको हो ।  प्रा. डा. श्रेष्ठ स्वास्थ्य क्षेत्रमा विश्वमै कहलिएका व्यक्ति मध्येमा पर्नुहुन्छ ।  मेयो क्लिनिक कार्डियोभास्कुलर सर्जरी टोलीले सबै उमेरका मानिसहरूलाई असर गर्ने जटिल र गम्भीर अवस्थाहरूको लागि गुणस्तरीय हेरचाह प्रदान गर्दछ। मेयो क्लिनिकमा मुटु र छाती सर्जनहरूले मुटु, फोक्सो र छातीको अवस्थाको निदान र शल्यक्रिया गरी उपचार गर्दर्छन्।  अस्पताल अन्तर्गत एरिजोना, फ्लोरिडा र मिनेसोटामा क्लिनिकको क्याम्पसहरूमा प्रत्येक वर्ष हजारौं शल्यक्रियाहरू गर्दर्छन्। यस अस्पतालमा आबद्ध शल्यचिकित्सकहरू रोबोट सहयोगी प्रविधिहरूका साथ न्यूनतम इनभेसिभ हृदय शल्यक्रिया जस्ता नवीनतम आविष्कारहरू प्रयोग गरेर हृदय र कार्डियोथोरासिक अवस्थाहरूको उपचार गर्ने गर्दै आएका छन् ।

प्रा. डा. मलखलाल श्रेष्ठको संक्षिप्त परिचय 

प्रा. डा. मलखलाल श्रेष्ठको जन्म व्यापारिक एवम् राजनीतिक पृष्‍ठभुमी बोकेको परिवारमा भएको हो ।  उहाँको परिवार शिक्षित एवं प्रतिष्ठित व्यापारिक घरानामा गनिन्छ । डा. श्रेष्ठ नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रोफेसर माणिकलाल श्रेष्ठ तथा सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधिस शिलु सिंहका सुपुत्र साथै चेम्बर आन्दोलनका लौह पुरुष मानिनु हुने ईश्वरलाल श्रेष्ठका भतिज हुनु हुन्छ ।उहाँको थातथलो काठमाडौं स्थित ठहिटी हो । प्रा.डा. श्रेष्ठ जर्मनीको हानोभर मेडिकल स्कुलमा कार्डियाक, थोरासिस, ट्रान्सप्लान्टेसन एण्ड भास्कुलर सर्जरी विभागका उपाध्यक्ष, प्राध्यापक तथा ‘डाइरेक्टर अफ एओर्टिक सर्जरी’का रुपमा कार्यरत हुनुहुन्थ्यो। डा। श्रेष्ठ वर्षेनी पटक पटक जन्मभूमि नेपाल आई मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुरोगीहरुको निशुल्क रुपमै जटील शल्यक्रिया गर्दै आउनु भएको छ । डा. श्रेष्ठले  गंगालाल हृदयरोग प्रतिष्ठानमा पनि कैयन मुटुरोगीहरुको जटील शल्यक्रिया निःशुल्क रुपमैं गर्नुभएको थियो । त्यसबाहेक उहाँ वर्षेनी भारतमा समेत गई जटील किसिमका मुटुका शल्यक्रियाहरु निःशुल्क रुपमा गर्दै आउनु भएको छ । सो योगदानको कदर गर्दै इन्डियन एशोसिएसन अफ कार्डोभास्कुलर–थोरासिस सर्जन्सले डा. श्रेष्ठलाई ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित गरेको थियो ।

Inside Article Ads

कोभिड कहर माझ जर्मनीबाट नेपाल आएका बेला उहाँले तत्कालिन प्रधानमन्त्री के पि शर्मा ओली लगायतका उच्च तहका नेताको मुटु चेकजाँच गर्नुका साथै केही सर्वसाधरणको निशुल्क सल्यकृया समेत गर्नुभएको थियो।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.