
५ साउन, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने आरोपबारे ११ सदस्यीय संसदीय समितिले छानविन गर्दै आएको छ । संसदीय छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान अाज सकिएको छ ।
बयानपछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘मैले उहाँहरुले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरुले भन्नुहुन्छ ।’
समितिले शर्मासँग झण्डै ३ घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरेको थियो ।करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।उनले प्रचलित मूल्य, मान्यता, विधि र प्रक्रिया अनुसार नै बजेट निर्माण गरेको भन्दै अनधिकृत व्यक्ति संलग्न नभएको दाबी प्रस्तुत गरे ।
