Fast Nepal News

बुढिगंगा मतगणना अपडेटः पाँचवटा वडामा एमाले र तीनवटामा काँग्रेस विजयी

banner single news

बाजुरा २६ असार २०७९

बाजुरा, बुढिगंगा नगरपालिकामा ७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेका नगरप्रमुखका उम्मेदवार राम बहादुर बाँनियाले ३ हजार ८ सय ८१ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार रङ्ग बहादुर खातिले ३ हजार १ सय १ मत प्राप्त गर्नुभएको छ । मेयरमा एमालेले ७ सय ८० को अग्रता कायम राखेको छ । त्यस्तै नेकपा एमालेका उपप्रमुखका उम्मेदवार माया कुमारी खडकाले ३ हजार ७ सय ५३ मत ल्याउनु भएको छ भने नेपाली काँग्रेसका उपप्रमुखका उम्मेदवार रिता शाहिले ३ हजार १ सय ५३ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा ६ सय मतले एमाले अगाडि रहेको छ । अब वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ । ११ बजेभित्र पुरै मतपरिणाम आइसक्ने निर्वाचन कार्यलय बाजुराले जनाएको छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९, १०, ८, ७, ४ र ३ को गणना सम्पन्न भएको छ । ८ वटा वडाको मतगणना सकिएको छ । अब २ वटा वडाको गणना बाँकि रहेको छ । मतगणना सकिएको १, २, ३, ९ र १० नम्बर वडामा एमाले विजयी भएका छन् । वडा नम्बर ४, ७ र ८ मा काँग्रेस विजयी भएका छन् ।

Inside Article Ads

बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो । बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.