Fast Nepal News

लमजुङमा करदाता कार्यालय सञ्चालनमा

banner single news

काठमाडौं, असोज २३ – लमजुङको बेंसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । लमजुङ जिल्ला र मनाङ जिल्लाका करदाताहरुलाई करसम्बन्धी सेवा दिने उद्देश्यले लमजुङको सदरमुकाम बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको हो ।
करदाता सेवा कार्यालय बेसीसहरका कर अधिकृत सुशील लम्सालले हालसम्म करको दायरामा आएका लमजुङका ८ हजार २ सय ९० करदाता र मनाङ जिल्लाका ५ सय ९७ करदाता गरी करिब ८ हजार ९ सय करदाता सेवाग्राहीलाई सेवा दिनेगरी कार्यालय सञ्चालनमा आएको बताए । कर अधिकृत लम्सालका अनुसार यो कार्यालयले करदाताको संख्या बढाउन थप कार्यहरु गर्नेछ । कर कार्यालयबाट व्यक्तिगत वा संस्थागतरुपमा दर्ता हुने, आफ्नो संस्थाको उद्देश्य परिवर्तन गर्ने, राजश्व बुझाउने लगायतका सेवा पाउने पनि उनले बताए ।

लमजुङमा कर कार्यालय स्थापना भएपछि यस क्षेत्रका मानिसहरुलाई करसम्बन्धी सेवा लिन तनहुँको दमौलीसम्म जानुपर्ने स्थितिको अन्त्य भएको पनि लम्सालले बताए । लमजुङ र मनाङ जिल्लाका करदाताहरु यसअघि तनहुँको दमौलीमा रहेको आन्तरिक राजस्व कार्यालयबाट कर सम्बन्धी सेवा लिदै आएका थिए । कर दाता सेवा कार्यालयले लमजुङमे सेवा सूचारु गरेपछि करको दायरामा आउनेहरुको संख्या अझै बढ्ने लम्सालको भनाई छ ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.