Fast Nepal News

पद्मकन्या विद्याश्रम मा.वि द्वारा सौन्दर्यकला अन्तरक्रिया कार्यक्रम सम्पन्न

banner single news

प्रकाश कपाली । काठमाडौ जेष्ठ २७

पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयले चालु शैक्षिक वर्ष २०७९ देखि कक्षा ९ र कक्षा ११ को छात्रा विद्यार्थीलाई सौन्दर्य विषयमा अध्ययन गराउने भएको छ।

Inside Article Ads


छात्राहरु स्वालम्बन बन्न सकुन् भन्ने उद्देश्यले सम्बन्धित निकायबाट अनुमति लिएर सौन्दर्यकला विषय पठनपाठन गराउने विद्यालय स्रोतले जानकारी दिएको छ। त्यसैगरी चालु शैक्षिक वर्ष २०७९ को लागि कक्षा ९ र ११ कक्षाको विद्यार्थीको लागि पठनपाठन गराउने उद्देश्यले आज सौन्दर्यकला विषय सम्बन्धी अन्तरक्रिया कार्यक्रम पाठयक्रम विकास केन्द्र, सौन्दर्यकला व्यबसायी संघ, पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयले संयुक्त रूपमा आयोजना गरेको हो।

सौन्दर्यकला विषय सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहान ११ बजे पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय हलमा सुरु भएको थियो। कार्यक्रममा सभापतिको आसन ग्रहण विद्यालयका प्रधानअध्यापक रीता तिवारीले गर्नुभयो। यसैगरी पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत खिलानाथ धमला, सौन्दर्य कला व्यवसायी संघका अध्यक्ष कमला श्रेष्ठ, स्थानीय जनप्रतिनिधी, अभिभावक शिक्षक संघका अध्यक्षको आसन ग्रहण गर्नु भएलगत्तै कार्यक्रम औपचारिक रूपमा अघि बढेको थियो।

सयुक्त रुपमा आयोजना गरेको यस कार्यक्रममा सौन्दयकला व्यवसायी संघका अध्यक्ष कमला श्रेष्ठले आफ्नो महत्वपूर्ण मन्तव्य राख्नुहुँदै सौन्दर्यकला विषय नयाँ भएको बताउनुभयो। नेपालको प्ररिपेक्ष्यमा सौन्दर्यकला नौलो विषय भएकाले यसले केही मात्रामा चुनौती खडा गरेको पनि धारणा व्यक्त गर्नुभयो।

सौन्दर्यकला आफैमा व्यबसाय मात्र नभएर सामाजिक कार्य पनि भएकाले यस विषय अध्ययनको छुट्टै विशेषता र महत्व रहेको धारणा व्यक्त गर्नुहुदै पद्मकन्या विद्याश्रम मा.वि विद्यालय नेपालमा पहिलोपटक सौन्दर्यकला अध्ययन गराउने विद्यालयको रूपमा प्रहिचान दिलाउनसमेत सफल हुने धारणा व्यक्त गर्नुभयो।सौन्दर्यकला विषय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपस्थित हुनुभएका पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत खिलानाथ धमलाले कार्यक्रममा बोल्नुहुँदै गणित, ईन्जिनियर, रसायन शास्त्र,जीव शास्त्र पढिरहेका विद्यार्थी छात्राले ऐच्छिक विषयका रूपमा सौन्दर्यकला विषय पढ्न सक्ने धारणा व्यक्त गर्नुभयो। सौन्दर्यकला अध्ययन भनेको अनुहार मात्र चिटिक्क पार्ने विषय नभएको बताउनुहुँदै जीवनको सरसफाई र सुन्दरता सँग जोडिएको एक महत्वपूर्ण विषय भएको धारणा व्यक्त गर्नुभयो।

यसैगरी पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक रीता तिवारीले कार्यक्रममा बोल्नुहुँदै सौन्दर्यकला सम्बन्धी विषयमा पहिलो पटक अध्ययन गराउन आफू कार्यरत विद्यालय सफल भएको धारणा व्यक्त गर्नुभयो। सौन्दर्यकला सम्बन्धी विषय अध्ययन गर्ने विद्यार्थी भविष्यमा एक सफल ब्युटिसियन हुने धारणा प्रकट गर्नुहुदै हाल यस विषय अध्ययन गर्न १५ जना छात्रा ईच्छुक रहेको बताउनुभयो। स्थानीय सरकारसँग समन्वय गरी सौन्दर्यकला विषयमा अध्ययन अध्यापन गराउन विद्यालय प्रशासन अग्रसर भएर लाग्ने धारणा प्रकट गर्नुभयो।

सौन्दर्यकला विषय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सौन्दर्यकला व्यबसायी संघका सदस्य, पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी,सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

Visited 51 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.