Fast Nepal News

अष्ट्रेलियामा निर्वाचनः प्रधानमन्त्री मोरिसनले स्वीकारे पराजय

banner single news

सिड्नी ─ ८ जेठ २०७९

सिड्नी, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिबार भएको चुनावमा पराजय स्वीकार गरेका छन् । प्रारम्भिक रुझानले प्रधानमन्त्री मोरिसनको लिबरल–नेसनल गठबन्धनले चुनावमा हार्ने देखाइरहेका बेला प्रधानमन्त्रीले पराजय स्वीकार गरेको विवरणहरुमा जनाइएको छ । ‘आज राती मैले विपक्षी नेता र आगामी प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग कुरा गरेको छु । मैले उहाँलाई चुनावी जितको लागि बधाई दिएको छु’, मोरिसनले भने।

Inside Article Ads

‘अष्ट्रेलियालीहरूले ठूलो समर्थन र उनीहरूको शक्ति, लचिलोपन र चरित्र देखाएका छन् । म यसका लागि उनीहरूलाई धन्यवाद दिन्छु’, मोरिसनले भने, ‘सरकारको रूपमा हामीले राष्ट्रको सुरक्षामा लगानी गरेका छौं ।’ गठबन्धनको नेतृत्व गरिरहेका लेबर नेता नेता एन्थोनी अल्बानीजले नयाँ अर्को सरकार बनाउने तयारी गरेको समाचारमा जनाइएको छ । एजेन्सी

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.