
काठमाडौं, मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर प्रताप सुब्बाले “आमा” बोलको गित सार्वजनिक गरेका छन् । यस गितको शब्द, संगित गायक स्वयम् प्रताप सुब्बाको रहेको छ । यस गितको संगित संयोजन भने सन्जय हमालले गरेका हुन् ।
आफ्नो दिवंगत आमाको सम्झनामा कोरिएका शब्दहरु अत्यन्तै मार्मिक छन् । आमाको माया एवम् सम्मान गर्ने हरेक सन्तानहरुका लागि आमाको वियोगमा हुने पिडामा यो गीतले एउटा मल्हमको काम गर्नेछ ।
यो गितलाई अहिलेका चर्चित युवा गितकार गुरु भोटियाले खिचेका हुन्् भने यो गित प्रताप सुब्बाको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
