Fast Nepal News

गठबन्धनको शक्ति देखेर केपी ओली काँपेका छन् : रामचन्द्र पौडेल

banner single news

६ वैशाख, काठमाडौं ।
नेपाल विद्यार्थी संघको ५३ औं स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले ओली हतास भएर जस्ता शक्तिसँग पनि तालमेल गरिरहेको बताए । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनको शक्ति देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हतास भएको टिप्पणी गरेका हुन् ।
‘यो गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन् । केपी ओली हतास भएका छन् । र हतास अभिव्यक्ति दिइरहेका छन् । र जस्ता तत्वसँग पनि हातेमालो गरिरहेका छन्’ उनले भने ।हालै एमालेले कमल थापा नेतृत्वको राप्रपा र एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलसँग चुनावी गठबन्धनको सहमति गरेका छन् । त्यसतर्फ संकेत गर्दै नेता पौडेलले ओली भ्रष्ट, प्रतिगामी र अवसरवादीको शरणमा पुगेको टिप्पणी गरे ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.