Fast Nepal News

मिस नेवा: नेपालका प्रशिक्षार्थीहरुलाई आत्मविश्वास अभिवृद्धि तथा संस्कृति संरक्षण प्रशिक्षण प्रदान गरिँदै

banner single news

काठमाडौ –  २७ चैत २०७८

काठमाडौ , नेप्लिज फेसन हाेमकाे आयाेजनामा संचालन भईरहेकाे मिस नेवाः नेपालकाे १६ औं संस्करण अन्तर्गत नेवार कला संस्कृति अनुसार कसरी पुजा गर्ने भन्ने तालिम पुर्व मिस नेवा:सुनिता डंगाेलद्वारा सिकाईयाे ।

त्यसैगरी दाेस्राे चरणमा क्यालिजात्रा संस्थाद्वारा नेपाल भाषाकाे रंजना लिपि सम्बन्धि तालिम दिईयाे भने तेस्रो चरणमा घरेलु हिंसा तथा बलात्कार जस्ताे जघन्य अपराधकाे विरुद्दमा जनचेतना जगाउनका लागि मिस नेवा:नेपाल २०२१ मा सहभागी नेवार सुन्दरीहरुलाई नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष, नेपाल ब्रान्चचिफ तथा विश्व क्याेकुशिन काई कराँते महासंघका उपाध्यक्ष शिहान अशाेक कुमार श्रेष्ठद्वारा आत्मरक्षाका कला सिकाउनु भएकाे आयोजक हेमा मानन्धरले जनाउनुभयो ।

Inside Article Ads

नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघकाे सह-आयाेजना तथा नेपाल टेलिकमकाे मुख्य प्रायाेजनमा आयाेजना हुन गईरहेकाे याे १६ औं संस्करण मिस नेवा:नेपाल २०२१ काे अन्तिम स्पर्धा बैशाख १८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुदैछ।

प्रतियोगिताकाे काेरियाेग्राफरमा राेजिन शाक्य, नेपाल भाषा प्रशिक्षकमा पुर्व मिस नेवा: सुनिता डंगाेल रहनु भएकाे छ भने ,कार्यक्रम संयाेजक बर्तमान मिस नेवाः कृषा महर्जन र उपबिजेता प्रिया तण्डुकार रहेका छन ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.