Fast Nepal News

“डेस्टिनी रनवे, २०२२” को शिर्ष उपाधी अन्जना राउतले जितिन

banner single news

काठमाडौँ — चैत्र २५, २०७८।

अन्जना राउतले “डेस्टिनी रनवे, २०२२” को उपाधी जितेकी छिन। डेस्टिनी ईभेन्ट मेनेजमेन्टको आयोजनामा राजधानीमा सम्पन्न उक्त प्रतियोगितामा शिर्ष उपाधीसंगै राउतले अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्परसमेत हात पारेकी छिन।

कोरियोग्राफर बिशाल पासवानको कोरियोग्राफीमा संचालित उक्त प्रतियोगितामा महिमा न्यौपानेले रनर अपको उपाधीसंगै भ्युवर्स चोईसको अवार्ड हात पारिन भने कुशल पोखरेल ब्राण्ड एम्बासडर घोषित भए। त्यसैगरी स्वस्तिका अधिकारीले बेस्ट ड्रेस र अन्जली श्रेष्ठले बेस्ट र्याम्प वाकको अवार्ड हात पार्न सफल रहे।

Inside Article Ads

फेसन तथा मोडलिङ क्षेत्रमा प्रवेश गर्न ईच्छुक युवायुवतीहरुको लागि विशेष फोकस गरी उनीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल मोडल तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका सिईओ राजन पटेलले जनाएका छन।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.