Fast Nepal News

अभ्यानी प्रोडक्सनद्वारा आयोजित मिस्टर एण्ड मिस नेपाल टिन २०२२ सम्पन्न

banner single news

अभ्यानी प्रोडक्सनको आयोजनमा मिस्टर एण्ड मिस नेपाल टिन को पाचौ संस्करण सम्पन्न भएको छ। लिसरा रिसेप्सनमा आयोजित उक्त कार्यक्रममा किशोरीतर्फ शृस्टि महर्जनले मिस नेपाल टिन २०२२को उपाधि हात पारिन् साथै उनले अमेरिकाको मायामि मा हुने मिस टिन युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्नेछिन्। त्यसैगरि शृस्टि भुसालले मिस नेपाल चिन चार्मको उपाधि जितिन् उनले कोल्मबियामा हुने अन्तराष्ट्रिय प्रतियोगिकामा नेपाललाई प्रतिनिधित्व गर्ने भएकी छिन्। यसैगरी सेकेन्ड रनर अप शिवानी कापरले मिस वल्ड हेरिटेजमा नेपाललाई प्रतिनिधित्व गर्नेछिन्। किशोर तर्फको उपाघि अर्घाखांचीका मन्दिप भुसालले चुम्दै गर्दा प्रयास ओझाले फस्ट रनर अप र निशान वाइवाले सेकेन्ड रनर अपको उपाधि जिते। अभ्यानी प्रोडक्सनका संस्थापक अध्यक्ष अभिविन्द खनियाको अध्यक्षता आयोजित कार्यक्रममा काठमाडौका पुर्व मेयर राजाराम श्रेष्ठको प्रमुख आतिथ्यता तथा विद्वान् समाजसेवी तथा राजनीतिज्ञ डा. गोविन्दराज खनियाको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको निर्णायक मण्डलको भूमिकामा सिनियर डान्स कोरियोग्राफर,कलाकर्मी तथा कार्यक्रम आयोजक महेश केसी, मिस नेपाल युनिभर्ष २०१९ प्रदिप्ता अधिकारी, मोटिभेसनल स्पिकर तथा लिडरसिप ट्रेनर रोहित मल्ल, सिनेकर्मी तथा चर्चित मुभी प्रोड्युसर देवेन्द्र खड्का, महिला अधिकारकर्मी तथा ग्लायम वल्ड इन्टरटेनमेन्टको सिइओ प्रतिमा कार्की, वकिल तथा सुप्रिम कोर्टकि सेक्सन अफिसर संगिता नापित रहनुभएको थियो। उपविधा तर्फ मिस ट्यालेन्ट सृष्टि महर्जन, मिस मल्टिमिडिया शिवानी कापर, पिपल्स च्वाइस शृ्ष्टि भुसाल, मिस फोटोजेनिक सदिक्षा खनाल, मिस क्याटवाक संजना भण्डारी, मिस इन्टेलेकचुवल शृष्टि भुसाल, मिस कन्फिडेन्ट सन्जना भण्डारी र ब्युटि विथ पर्पसको अवार्ड याशिका सिंहले हात पारिन्। त्यसैगरी किशोरतर्फ मिस्टर ट्यालेन्ट निशान वाइवा, मिस्टर मल्टिमिडिया प्रयास ओझा, पिपल्स च्वाइस निशान वाइवा, मिस्टर फोटोजेनिक प्रकाश बोहोरा, मिस्टर मोडल रिशु शाह, बेस्ट वाक मन्दिप भुसाल र राम एक्वाल यादवल् हेन्डसम विथ परप्सको उपाधि हात पारे। ३०दिने उक्त तालिममा नेतृत्व विकास तथा जिवनकला संग संम्बन्धित विभिन्न पाटाहरुमा विभिन्न ट्रेनर्सबाट ट्रेनिंग दिइएको कुरा कार्यक्रमका कन्सेप्ट डिजाइनर तथा मुख्य कोरियोग्राफर पवन आचार्यले बताउनुभयो। कारक्रमको सहयोगी हातको रुपमा एस.पि.एम क्रियसन, एआईटिम कलेज, थ्री एम, लिसरा रिसेप्सन, सिम्पान, काजी कोल्थिंग ब्राण्ड, आलिसान लाउन्ज, ग्लोबल अनलाइन पे, मेकअप पार्टनर, काष्ठमण्डप टिभी, ट्रेस एमोर क्रियसन, सुर्य फोटोग्राफी रहेका थिए। कार्यक्रमलाई भव्यतापुर्वक सम्पन्न गर्न पवन आचार्य कोरियोग्राफर, सिमोन पण्डित ड्रेस डिजाइनर, अनिकेत अधिकारी प्रोजेक्ट डाइरेक्टर, सोनिया शाही एसिस्ट्यान्ट कोरियोग्राफर, सुजन श्रेष्ठ डान्स कोरियोग्राफर, फोटोग्राफी निर्देशक अशोक थापा, फोटोग्राफर सन्जित बगाले, कार्यक्रम संयोजक टिम गोकुल जोशी आदिको भूमिका रहेको थियो।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.