
७ चैत, विराटनगर । सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।
प्रधानमन्त्री देउवाले
अपराधमा संलग्नले उन्मुक्ति नपाउने र दोषीलाई कारबाही गर्ने बताएका हुन् । उनले स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुने पनि बताए ।
सोमबारै सुन्दरहरैँचा–८, सलकपुरमा प्रशासनिक भवन र नगरपालिकाले निर्माण गरेको अस्पताल पनि शिलान्यास गरिएको छ ।
