Fast Nepal News

सार्वजनिक सवारीमा नयाँ भाडादर

banner single news

कास्की — ०२ फागुन २०७८

कास्की , गण्डकी सरकारले आइतबारदेखि लागू हुने गरी सार्वजनिक सवारीको नयाँ भाडादर तोकेको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले बिहीबार राजपत्रमा भाडाको दररेट सार्वजनिक गरेको थियो । राजपत्रमा उल्लेख भएअनुसार जिप, ट्याक्सी, नगर बस, ठूला बस र ट्रकको भाडा निर्धारण गरेको यातायात व्यवस्थामन्त्री कुमार खड्काले बताए । मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठको संयोजकत्वमा गत असोज १३ मा भाडा निर्धारण समिति गठन भएको थियो । त्यस समितिले यातायात व्यवस्था कार्यालयका प्रमुख संयोजक रहने गरी भाडा निर्धारणका लागि अध्ययन उपसमिति बनाएको थियो । समितिले पुस १२ मा व्यवसायी, उपभोक्तालगायतसँग छलफल गरी बुझाएको प्रतिवेदनका अनुसार भाडादर कायम गरिएको मन्त्रालयले जनाएको छ ।

ट्याक्सीका लागि प्रतिपल्स १० फ्ल्याटडाउन ८० अर्थात् एक किलोमिटरमा १२० रुपैयाँ त्यसपछि प्रति किलोमिटरमा ५० रुपैयाँ थप गर्न पाउनेछन् । यो नियम १५ किलोमिटरसम्म लागू हुनेछ । १५ किलोमिटरभन्दा माथि प्रतिकिमिमा ३७ रुपैयाँ ५० पैसा थपिनेछ । यो रकम प्रतियात्रु नभई ट्याक्सीको क्षमतासम्म जति जना चढे पनि समान हुन्छ । यसैगरी बसको प्रतिकिमि ३ रुपैयाँ १० पैसा, जिपको प्रतिकिमि ५ रुपैयाँ ५० पैसा, नगर बसको २ रुपैयाँ ५० पैसा तोकिएको छ भने ट्रकको हकमा प्रतिटन प्रतिकिमि ११ रुपैयाँ ४२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । मन्त्रालयका अनुसार ११ वटै जिल्ला प्रशासन, जिल्ला ट्राफिक कार्यालय, ६ वटा इलाका प्रशासन र प्रदेश ट्राफिक प्रहरी कार्यालयमा नयाँ भाडादर पत्राचार गरिएको छ । माघ २७ मा बसेको बैठकले कार्यान्वयन नगर्ने ट्याक्सीको दर्ता खारेजी गर्ने निर्णय गरेको छ ।     
Inside Article Ads

मन्त्रालयको तथ्यांकअनुसार गण्डकीमा २ हजार २ सय ४६ वटा ट्याक्सी दर्ता छन् । नयाँ भाडा लागू गर्न यातायात सम्बद्ध संघसंस्थाले लिखित प्रतिबद्धता जनाएका छन् । ट्याक्सीका लागि छत हुनुपर्ने, चालकले सर्ट पाइन्ट लगाउनुपर्ने नियम पनि बनाइएको छ । मन्त्री खड्काले नयाँ नियम कार्यान्वयन नगर्ने साधनलाई कारबाही गरिने बताए । गुणस्तर तथा नापतौल कार्यालय कास्कीले ट्याक्सीको मिटर फेरबदल गर्न लागेको छ । ट्याक्सी सञ्चालक प्रकाश तिवारीले सरकारले बनाएको नियम कार्यान्वयनमा लैजानुपर्ने बताए । युवा व्यवसायी विष्णुप्रसाद पौडेल शर्माले ट्याक्सीलगायत अन्य सवारीमा तोकिएको भाडाले जनतालाई राहत मिल्ने बताए ।

( कान्तिपुर दैनिक )

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.