Fast Nepal News

मिस नेवा कृषा महर्जन सद्भावना दुत चयन

banner single news

काठमाडौँ । चित्रकला प्रतिस्प्रर्धात्मक कार्यक्रममा प्रहिशा बजाचार्य प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । त्यसै गरि स्वर्ण कपाली, हिमशिखर माझी र स्वीट आर्ट (अंकित तण्डुकार) ले दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । श्रीपञ्चमीको अवसर पारेर बंगलामुखी उपभोक्ता सहकारी सँस्था र नेप्लिज फेसन होमको सयुक्त आयोजनामा चित्रकला प्रतिस्प्रर्धात्मक कार्यक्रम सम्पन्न भएको हो । मिस नेवा कृषा महर्जनको प्रमुख आतिथ्य र बंगलामुखि उपभोक्ता सहकारी संस्थाका अध्यक्ष लक्ष्मण महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा मिस नेवा सोसियल वेलफेर एम्वास्डर चिफ रोहिना महर्जन, बेस्ट ड्रेस मनिषा महर्जन, मिस लिटिल नेवाः ट्यालेन्ट नयना शाक्य निर्णायक थिए । साथै लायन्स रिजिनल चियरपर्सन इन्द्ररत्न बज्राचार्य र नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरको विशेष आतिथ्यमा सङ्खमुल स्थित लिटिल फ्लावर पब्लिक स्कुलमा ४५ जाना साना भाइ बहिनीहरु बिच चित्रकला प्रतिस्प्रर्भात्मक कार्यकम सप्पन्न भएको थियो । बंगलामुखि उपभोक्ता सहकारी संस्थाले मिस नेवा कृषा महर्जनलाई सद्भावना दुत चयन गर्दै सम्पन्न कार्यक्रमको संयोजन बगलामुखीका व्यवस्थापक सुनिल महर्जनले गर्नु भएको थियो ।

Inside Article Ads
Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.