Fast Nepal News

११ बिमा कम्पनी कारबाहीमा

banner single news

काठमाडौँ — १८ माघ २०७८

काठमाडौँ , तोकिएको समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । आर्थिक वर्ष सकिएको १८ महिनासम्म पनि लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ वटा कम्पनीलाई १० हजार रुपैयाँका दरले कारबाही गरिएको बिमा समितिले जनाएको छ ।

ती कम्पनीले अझै आर्थिक वर्ष २०७६/७७ सालको लेखापरीक्षण प्रतिवेदन नबुझाएको समितिले जनाएको छ । जरिवाना गरिएका कम्पनीहरूमा दि ओरियन्टल इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स छन् ।

Inside Article Ads

बिमा ऐन, २०४९ को दफा २५ बमोजिम बिमा कम्पनीहरूले आफूले गरेका बिमा व्यवसायको हिसाब किताबको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई त्यसको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेस गर्नुपर्ने अनिवार्य व्यवस्था छ । तर कम्पनीहरूले जानी–जानी कानुनी व्यवस्थाको उल्लंघन गरेकाले बिमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम जरिवाना गरिएको समितिको विज्ञप्तिमा उल्लेख छ ।    

( कान्तिपुर दैनिक )

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.